बर्दिया । नेकपामा समाहित भएको तत्कालीन नागरिक उन्मुक्ति पार्टीका चार प्रदेशसभा सदस्यले पार्टीका पूर्व संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका छन्। पछिल्लो राजनीतिक घटनाक्रम र विशेषगरी सुदूरपश्चिम प्रदेश सरकार गठनका विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ।
बर्दियाको गुलरियास्थित रेशम चौधरीको निवासमा भएको भेटमा पूर्वमन्त्री घनश्याम चौधरी, रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी र इन्दिरा गिरी सहभागी भएको स्रोतले जनाएको छ।
भेटका क्रममा सुदूरपश्चिम प्रदेश सरकार गठनमा देखिएको राजनीतिक जटिलता तथा पछिल्लो अवस्थाबारे गम्भीर छलफल भएको बुझिएको छ। राजनीतिक घटनाक्रमकै सन्दर्भमा रेशम चौधरीले चारै जना प्रदेशसभा सदस्यलाई आफ्नै निवासमा बोलाउनुभएको बताइएको छ।
तत्कालीन नागरिक उन्मुक्ति पार्टी र नेकपाबीच भएको पार्टी एकतापछि भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। यसले सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
यद्यपि भेटमा सहभागी पूर्वमन्त्री रामेश्वर चौधरीले भने यसलाई सामान्य भेटघाट मात्र भएको बताउनुभएको छ।
उहाँले, “यो कुनै ठूलो राजनीतिक विषय होइन, सामान्य भेटघाट मात्रै हो,” भन्दै भेटलाई अनावश्यक रूपमा राजनीतिक अर्थ नलगाउन आग्रह गर्नुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर