काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले केन्द्रीय बैंकको स्वायत्ततामा कुनै असर नपारेको, बरु संस्थागत समन्वयलाई थप प्रभावकारी बनाएको बताउनुभएको छ।
प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको प्रारम्भिक छलफलमा बोल्दै गभर्नर पौडेलले अहिलेसम्मको अनुभवमा अर्थसचिवको उपस्थितिबाट राष्ट्र बैंकको निर्णय प्रक्रियामा कुनै हस्तक्षेप नभएको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको कामकारबाहीलाई झन् राम्रो बनाइरहेको छ। अहिलेसम्मको अनुभवमा अर्थसचिवको उपस्थितिका कारण कुनै हस्तक्षेप भएको हामीले पाएका छैनौँ।”
गभर्नर पौडेलका अनुसार सञ्चालक समितिमा अर्थसचिवको सहभागिताले राष्ट्र बैंक र सरकारबीच आवश्यक समन्वय तथा सञ्चारलाई सहज बनाएको छ। विशेषगरी सरकारको स्वीकृति आवश्यक पर्ने विषयमा प्रक्रिया प्रभावकारी भएको उहाँको भनाइ थियो।
उहाँले राष्ट्र बैंकका कामकारबाही सञ्चालन तथा सरकारसँग आवश्यक समन्वय गर्न अर्थसचिवको उपस्थितिले सकारात्मक भूमिका खेलेको अनुभव रहेको उल्लेख गर्नुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर