मोरङ । मोरङमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ भने सुनसरीमा खोलामा डुबेर एक किशोरको ज्यान गएको छ।
नेपाल प्रहरीका अनुसार मोरङको केराबारी गाउँपालिका–५ निवासी ७० वर्षीया विष्णुमाया मगरको आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो। केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले शान्तिचोक क्षेत्रमा पैदल हिँडिरहनुभएकी मगरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते हुनुभएकी मगरलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।
यसैबीच, सुनसरीको इनरुवा नगरपालिका–८ स्थित पुथौधारा खोलामा डुबेर १४ वर्षीय कृष्ण साहको मृत्यु भएको छ। उहाँ स्थानीय उपेन्द्र साहका छोरा हुनुहुन्थ्यो।
प्रहरीका अनुसार नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका कृष्णको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले शव फेला पारेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर