काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध तथा नियन्त्रित लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेका छन्।
प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट नियन्त्रित लागुऔषध नाइट्राभेट–५ ट्याब्लेटसहित ३१ वर्षीय दीपक धामी पक्राउ पर्नुभएको छ। त्यस्तै टीकापुर नगरपालिका–१ बाट एक ग्राम ११० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ सहित २९ वर्षीय रविन चौधरी र १९ वर्षीय आयुष चौधरी पक्राउ परेका छन्।
रूपन्देहीको ओमसतिया गाउँपालिका–४ ठूलो बालापुरबाट एक ग्राम ९८० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ सहित भारत, उत्तर प्रदेशका २६ वर्षीय रामवचन जैसवाललाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्र बजारबाट करिब १४८ ग्राम गाँजाजस्तो पदार्थ सहित २४ वर्षीय मोहम्मद तमिम राइन पक्राउ परेका छन्।
दार्चुलाको महाकाली नगरपालिका–४ पुलघाटबाट छ ग्राम चरेसजस्तो पदार्थ सहित व्याँस गाउँपालिका–३ का २३ वर्षीय सुरेशसिंह कुँवर पक्राउ परेका छन्।
सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानीबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ५९० ट्याब्लेट सहित रामनगर गाउँपालिका–५ का १६ वर्षीय एक किशोरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
त्यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेची पुलबाट तीन ग्राम ११० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थ सहित ४५ वर्षीय अवित राई पक्राउ परेका छन्। उहाँ भारतबाट नेपालतर्फ सिटी सफारीमार्फत आउँदै गर्दा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
नेपाल प्रहरीका अनुसार सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर