काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो । अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने चलचित्रको छायांकन यही सातादेखि सुरु हुने जनाइएको छ । चलचित्रका निर्माता रघुनाथ सापकोटा हुनुहुन्छ ।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा बन्ने यो चलचित्रमा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
चलचित्रका गीत पशुपति शर्माले तयार गर्नुहुनेछ भने छायांकन संकल भुजेलले गर्नुहुनेछ । आरआर फिल्म्सले वितरण तथा ओएसआर डिजिटलले डिजिटल अधिकार लिएको निर्माण पक्षले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर