काठमाडौं । एक्सन-एड्भेन्चर विधाको चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा बन्ने फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित रहने जनाइएको छ ।
सुव्रत आचार्यको निर्देशन रहने चलचित्रको कथा सीता मायाले परिकल्पना गर्नुभएको हो । हरि हुमागाईंले छायांकन गर्ने यस चलचित्रमा दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताका रूपमा रहनुहुने छ ।
नेपाली भाषामा निर्माण हुने चलचित्रलाई हिन्दी र मलियालम भाषामा पनि डबिङ गरिनेछ । चलचित्रको छायांकन आगामी फागुन–चैतदेखि सुरु गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर