काठमाडौं । ओम प्रतीकको निर्देशनमा बनेको चलचित्र ‘हली’ को नयाँ गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक गरिएको छ । प्रमोद दीपको शब्द, अभि सुनारको संगीत र अस्मिता अधिकारीको स्वर रहेको गीतले बाबुलाई सम्झिने छोरीको मार्मिक पीडा प्रस्तुत गरेको छ ।
छाउपडी प्रथा र किसानको संघर्षको कथामा आधारित यो चलचित्रमा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडी, कमल गाउँले लगायतका कलाकारको अभिनय छ ।
पूजा गुरुङ र जस्मिन श्रेष्ठ निर्मित चलचित्र जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा बनेको हो । यो चलचित्र यही साउन २२ गतेदेखि प्रदर्शनमा आउँदै छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर