काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले शुक्रबार पत्रकार सम्मेलन गरेर आवेदन खुला गरिएको जानकारी दिएको हो ।
‘मिस युनिभर्स नेपाल २०२६’ मा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन सक्नेछन् । साथै नेपाल बाहिर रहेका गैर आवासीय नेपालीले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । यस वर्षको प्रतियोगिता ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ भन्ने नारासहित आयोजना हुँदैछ ।
नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी महिलाको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक संगीता पुरीले यस वर्षका लागि आफ्नो टिमले कार्यक्रमका लागी अझ भव्य तयारी गरेको बताउनुभयो । फिनाले आगामी भदौ २१ गते काठमाडौँमा हुनेछ ।
मिस युनिभर्स नेपाल २०२५ की विजेता सान्या अधिकारी हुनुभएको थियो । यस संस्करणमा व्यक्तिगत पहिचान, सामाजिक वकालत र नेतृत्व क्षमतालाई विशेष प्राथमिकता दिइएको छ । प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नुहुनेछ ।
आयोजकका अनुसार इच्छुक तथा योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन् ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर