झापा । झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले निजलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत बस्ने ३४ वर्षीय कमल बर्मन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयकाअनुसार बिर्तामोड नगरपालिका-५ मा रहेको देउराली होटलमा लागुऔषधको अवैध खरिदबिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।
होटलको कोठामा बसिरहेका बर्मनलाई जाँच गर्दा निजको साथबाट प्लास्टिकबाहेक ३१ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो । शुक्रबार साँझ पक्राउ परेका बर्मनमाथि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर