सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ ।
राजविराज नगरपालिका-६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा रहेका छन् । आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि अवस्था थप तनावपूर्ण बनेको जनाइएको छ । त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । कैदीबन्दीहरूले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ ।
घटनापछि सम्भावित अप्रिय अवस्था रोक्न जिल्ला कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्यामा सुरक्षा परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर