जनकपुरधाम । सप्तरीको राजविराज कारागारमा शनिबार बिहान कैदीबन्दीबीचको विवाद उग्र बनेपछि पाँचजना कैदीबन्दीले शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। समयमै सुरक्षाकर्मी र चिकित्सक टोलीको हस्तक्षेपका कारण कुनै मानवीय क्षति भने हुन नपाएको अधिकारीहरूले बताएका छन्।
कारागार प्रमुख रुपक मण्डलका अनुसार पछिल्ला दुई–तीन दिनदेखि कैदीबन्दीबीच आन्तरिक विवाद चलिरहेको थियो। सोही विषयमा असन्तुष्ट समूहले आत्मदाहको प्रयास गरेको उहाँले बताउनु भयाे। हाल कैदीबन्दीसँग आन्तरिक छलफल भइरहेको र अवस्था सामान्य बन्दै गएको उहाँको भनाइ छ।
उहाँका अनुसार घटनाका बेला कारागारभित्र चिकित्सक टोली र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै अप्रिय घटना हुन पाएन। यद्यपि विवादको वास्तविक कारणबारे उहाँले विस्तृत जानकारी दिन चाहनुभएन ।
कारागारको शान्ति–सुरक्षा कायम गर्न प्रहरी भित्र प्रवेश गर्न खोज्दा केही कैदीबन्दीले शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
कैदीबन्दीहरूले आफूहरूमाथि समान व्यवहार हुनुपर्ने माग राखेका छन्। हाल उनीहरूलाई सम्झाइबुझाइ गरेर अवस्था नियन्त्रणमा ल्याइएको छ।
घटनापछि राजविराज कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीलाई समेत घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्न रोक लगाइएको थियो।
समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर