काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको नियतमाथि शंका गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ। सरकारका निर्णय कार्यान्वयनका क्रममा समस्या देखिए आवश्यक परिमार्जन गर्न सकिने उहाँको भनाइ छ।
शुक्रबार रौतहटका विभिन्न पार्टी नेताहरूसँगको छलफलका क्रममा सभापति लामिछानेले सरकारको नियतभन्दा निर्णयको प्रभावलाई हेर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, "सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसलाई सच्याउन सकिन्छ। तर नियत नै खराब भयो भने त्यसलाई सच्याउन कठिन हुन्छ। राम्रो उद्देश्यका साथ गरिएको निर्णयले व्यवहारमा अपेक्षित परिणाम नदिए वा किसानकै हितका लागि गरिएको निर्णय किसानको विपक्षमा पुगेको देखिए त्यसलाई परिमार्जन गर्न सकिन्छ।"
उहाँले सरकारका निर्णयले अपेक्षित लाभभन्दा हानि पुर्याएको पुष्टि भए त्यस्ता निर्णय परिवर्तन गर्न सरकार तयार रहने स्पष्ट पार्नुभयो।
उहाँका अनुसार, "सरकारले जसको हितका लागि निर्णय गरेको हो, त्यही निर्णयले हानि पुर्यायो भने त्यसलाई परिवर्तन गरिन्छ। त्यसमा चिन्ता लिनुपर्दैन। तर कुनै पनि नीतिको प्रभाव मूल्याङ्कन गर्न केही समय दिन आवश्यक हुन्छ।"
सभापति लामिछानेले कार्यान्वयनका क्रममा देखिने चुनौतीका कारण कतिपय नीतिबारे नकारात्मक भाष्य सिर्जना हुने भए पनि त्यसले नीति नै असफल भएको निष्कर्ष निकाल्न नहुने बताउनुभयो।
उहाँले विगतमा सुरुआतमा व्यापक विवादमा परेका धेरै निर्णय समयसँगै सही सावित भएको उदाहरण पनि प्रस्तुत गर्नुभयो।
उहाँले किसान, मजदुर तथा गरिब–विपन्न वर्गलाई अप्ठ्यारो पार्ने कुनै पनि नीति दीर्घकालसम्म कायम नरहने उल्लेख गर्दै भन्नुभयो, "यदि कुनै नीति कालान्तरमा किसान, मजदुर वा विपन्न वर्गको हितविपरीत गएको देखियो भने त्यस्ता नीतिहरू परिवर्तन गरिन्छन्। कुनै पनि नीति अपरिवर्तनीय हुँदैन। त्यसैले सरकारलाई केही समय र धैर्यता दिन आग्रह गर्दछु।"







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर