काठमाडौं । अमेरिकी सेनाको मध्यपूर्व कमान्ड (सेन्ट्रल कमान्ड–सेन्टकम) ले इरानविरुद्ध लगातार सातौं रातसम्म हवाई आक्रमण सञ्चालन गरेको दाबी गरेको छ। सेन्टकमका अनुसार पछिल्लो आक्रमण ऊर्जा पूर्वाधारसहित विभिन्न सैन्य संरचनालाई लक्षित गरिएको हो।
सेन्टकमले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो आक्रमणमा सैन्य पूर्वाधार, निगरानी केन्द्र, भूमिगत हतियार भण्डारण स्थल तथा समुद्री सैन्य क्षमतासँग सम्बन्धित संरचनामाथि प्रहार गरिएको छ। उक्त अभियानमा लडाकु विमान, ड्रोन, युद्धपोत तथा अन्य सैन्य साधन प्रयोग गरिएको जनाइएको छ।
अमेरिकी सेनाले मध्यपूर्व क्षेत्रमा ५० हजारभन्दा बढी सैनिक तैनाथ रहेको उल्लेख गर्दै आवश्यक परे थप आक्रमण गर्न पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ।
सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले गरेका केही दाबीलाई पनि अस्वीकार गरेको छ। साथै, होर्मुज जलडमरूमध्यमा दुईवटा तेल ट्याङ्करमा इरानले कथित रूपमा राखेका समुद्री खानी (माइन) माथि प्रहार भएपछि विस्फोट भएको दाबी पनि अमेरिकी पक्षले गरेको छ।
यसअघि सेन्टकमले पछिल्लो हवाई आक्रमणको शृङ्खला सुरु गर्ने घोषणा गर्दै अभियानको मुख्य उद्देश्य इरानको सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको थियो।
इरानले भने अमेरिकी दाबीबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। साथै, युद्धसँग सम्बन्धित दुवै पक्षका दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।
-एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर