काठमाडाैं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेस यतिबेला गम्भीर आन्तरिक संकटबाट गुज्रिरहेको छ। लामो समयदेखि देखिँदै आएको गुटगत राजनीति, नेतृत्वबीचको अविश्वास, निर्णय प्रक्रियामा असन्तुष्टि र सार्वजनिक आरोप–प्रत्यारोपले पार्टीभित्रको एकतालाई कमजोर बनाउँदै लगेका छन्। पछिल्ला घटनाक्रमले कांग्रेसभित्रको आन्तरिक विभाजन अब निर्णायक मोडमा पुगेको संकेत गरेका छन्।
पछिल्लो घटनाक्रममा पार्टीका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति गगन थापासँग सहमति र एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षका नेता पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको शीर्ष नेताहरूको बैठकले पार्टी एकताको प्रयास निष्कर्षविहीन बनेको भन्दै अब नयाँ रणनीति अघि बढाउने निर्णय गरेको छ।
बैठकमा बिपी स्मृति दिवसको तयारी, पार्टी एकताका लागि गठित समितिको प्रभावकारिता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भएको थियो। नेता मीनबहादुर विश्वकर्माका अनुसार बैठकले साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। उहाँका अनुसार, "मिल्ने लक्षण अब ९९ प्रतिशत देखिन्न।"
विश्वकर्माले संस्थापन पक्षबाट सहमतिका लागि कुनै गम्भीर पहल नभएको आरोप पनि लगाउनु भयाे। उहाँका अनुसार इतर समूह निरन्तर संवादको पक्षमा रहे पनि संस्थापन नेतृत्वले पटक–पटक प्रतिबद्धता जनाएर पनि वार्तामा नआएको गुनासो छ। उहाँले संस्थापन पक्षलाई नै पार्टी एकताभन्दा आफ्नो शक्ति जोगाउन बढी चासो रहेको हुन सक्ने संकेत गर्दै नेतृत्व, नीति र विधानबारे अब राष्ट्रिय भेलामार्फत थप निर्णय गरिने बताउनु भयाे।
यी घटनाक्रमले कांग्रेसभित्र संस्थापन र इतर समूहबीचको दूरी झन् बढेको स्पष्ट देखिन्छ। केन्द्रीय समिति, संसदीय दल, सरकार सञ्चालन, राजनीतिक नियुक्ति तथा शक्ति बाँडफाँटजस्ता विषयमा नेताहरूबीच सार्वजनिक रूपमा मतभेद देखिन थालेका छन्। महत्वपूर्ण निर्णयहरू सीमित नेताहरूबाट हुने गरेको, कार्यकर्ताको भावना बेवास्ता गरिएको तथा संगठनात्मक परामर्श कमजोर बनेको आरोपले पार्टीभित्र असन्तुष्टि बढाएको छ।
प्रदेश सरकार सञ्चालनका विषयमा समेत कांग्रेसभित्र समान धारणा देखिएको छैन। सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीदेखि नीति निर्माण र नियुक्तिसम्मका विषयमा नेताहरूले सार्वजनिक रूपमा आलोचना गरिरहेका छन्।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर