काठमाडौं । नेपाल भलिबल लिग (एनभिएल)मा सहभागी हुने ६ फ्रेन्चाइज टोलीका मार्की खेलाडी घोषणा गरिएको छ । सगरमाथा स्म्यासर्समा हरिहजुर थापा, मधेस वारियर्समा रविन नगरकोटी, काठमाडौं रेड्समा सुनिल बोहरा, अन्नपूर्ण स्पाइकर किङ्समा हिमाल सुनारी र कर्णाली शिवराजमा पहल गहतराज र खप्तड फाल्कन्समा धिरोज बस्नेत मार्की खेलाडीका रूपमा अनुबन्ध हुनुभएको छ ।
यसअघि एनभिएलको पहिलो संस्करणमा सहभागी हुने ६ फ्रेन्चाइज टोलीसहित टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ । त्यस्तै, टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड र ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजनसँग सम्झौता भएको छ ।
केडिया ग्रुपको आयोजनामा ‘उचाइको नयाँ उडान’ नारासाथ नेपालमै पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म हुँदैछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर