सर्लाही । सर्लाही प्रहरीले कौडेना गाउँपालिका–१ सुखचैनाबाट करिब ४१९ दशमलव १३ किलोग्राम गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा शनिबार बिहान सञ्चालन गरिएको सर्च अभियानका क्रममा विभिन्न घर तथा बारीमा लुकाइछिपाइ राखिएको अवस्थामा **२१ वटा बोरामा प्याक गरिएको गाँजा फेला परेको हो।
प्रहरीले गाँजासँगै एक थान डिजिटल तौल मेसिन तथा ठूला–साना तराजुसमेत बरामद गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय २५ वर्षीय राहुल रजत र ४६ वर्षीय महादेव रजतलाई पक्राउ गरी लागुऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको डीएसपी गौतमले जानकारी दिनुभयो।
प्रहरीका अनुसार गाँजा बरामद भएपछि सुखचैना क्षेत्रमा खोजतलास तथा सर्च अभियान अझै जारी छ। घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर