काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरण अभियानसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
उहाँले डिजिटल सदस्यता वितरण अभियानले पार्टीलाई जनतामाझ पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै निर्धारित समयभित्र व्यापक रूपमा सदस्यता वितरण र संगठन निर्माणमा सक्रिय हुन नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।
त्यसैगरी अध्यक्ष घिसिङले वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति चिन्ता व्यक्त गर्दै देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने आशंका व्यक्त गर्नुभयो। उहाँले सरकार तथा सबै राजनीतिक दलले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै देशलाई द्वन्द्वबाट जोगाउन साझा प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले भन्नुभयाे, ‘हाम्रो चाहना सरकार ५ वर्ष टिकोस् भन्ने हो। तर यस्तो तालले सरकार ५ वर्ष टिक्दैन। यसरी टिक्दैन। रास्वपाले पनि बोल्ने एउटा, गर्ने अर्को काम गरिरहेको छ ।’
उहाँले पछिल्ला केही महिनामा देखिएका राजनीतिक घटनाक्रमले मुलुकमा तनावपूर्ण वातावरण सिर्जना भएको टिप्पणी गर्दै सरकार यसप्रति गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो।
अध्यक्ष घिसिङले दुई तिहाइ बहुमतसहित गठन भएको सरकारले जनताको विश्वासअनुसार काम गर्दै नागरिकका इच्छा, आकांक्षा र माग सम्बोधन गर्नुपर्ने बताउनुभयो।
उहाँले पछिल्ला तीन–चार महिनाको अवधिमा पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै त्यसले मुलुकको वर्तमान परिस्थिति गम्भीर बन्दै गएको संकेत गरेको दाबी गर्नुभयो।
सरकार जनउत्तरदायी ढंगले अघि बढ्न नसके सामाजिक असन्तुष्टि थप बढ्न सक्ने भन्दै उहाँले जनभावनालाई सम्बोधन गर्ने नीति र कार्यक्रम तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर