काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा छ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएका हुन्।
प्रहरीले प्रभावित सडकखण्ड खुलाउने प्रयास भइरहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले थप पहिरो खस्ने जोखिमसमेत रहेको भन्दै अत्यावश्यक कामबाहेक यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न क्षेत्रमा भारीदेखि मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर