काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलले आफ्नी श्रीमती तथा पूर्वसंविधानसभा सदस्य मिरा पोखरेल (ध्वोजु) क्यान्सरको उपचारका क्रममा भारतमा रहेको जानकारी दिनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै नेता पोखरेलले श्रीमतीको भारतको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचार भइरहेको बताउनुभएको हो। उहाँले मिरा पोखरेललाई कुन प्रकारको क्यान्सर भएको हो भन्नेबारे भने खुलाउनुभएको छैन।
श्रीमतीको उपचारमा आफूलाई निरन्तर खटिनुपरेकाले पछिल्लो समय देशभित्रका राजनीतिक तथा अन्य सार्वजनिक गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार उपचार प्रक्रिया अझै केही समय जारी रहने भएकाले आफ्नो सार्वजनिक उपस्थिति र राजनीतिक गतिविधि पनि केही समय प्रभावित रहनेछ।
नेता पोखरेलले श्रीमतीको स्वास्थ्यलाभको कामना गर्दै विभिन्न माध्यमबाट शुभेच्छा व्यक्त गर्ने तथा प्रतिकूल परिस्थितिमा समेत भेट्न आउने साथीभाइ, शुभेच्छुक र आफन्तप्रति आभार व्यक्त गर्नुभएको छ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, “तपाईंहरूको सद्भावपूर्ण र सहयोगी भावनाले हामीले हौसला प्राप्त गरिरहेका छौं।”







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर