काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना माग प्रस्तुत गर्न पुगेका ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र घरेलु हिंसापीडित बिनु यादवलाई शनिबार प्रहरीले मन्त्रालय प्रवेश गर्न रोकेको छ।
आफ्ना समस्या तथा माग सम्बन्धित निकायसमक्ष राख्ने उद्देश्यले गृह मन्त्रालय पुगेका उनीहरूलाई सुरक्षाकर्मीले मन्त्रालयभित्र प्रवेश गर्न नदिएपछि मूल गेटमै विरोध प्रदर्शन गरेका हुन्।
मन्त्रालयको मूल प्रवेशद्वारमा घन्टी बजाउँदै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका राजपुत र यादव केही समय सडकमै बसेर धर्नामा बसेका थिए। त्यसपछि प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई त्यहाँबाट हटाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
राजपुत र यादव विगत केही दिनदेखि आफ्ना मागहरूको सम्बोधनको माग गर्दै सिंहदरबारको मूल गेटअघि निरन्तर धर्ना दिँदै आएका छन्। उनीहरूले सम्बन्धित सरकारी निकायसँग प्रत्यक्ष संवाद र आफ्ना समस्याको समाधानको माग गर्दै आन्दोलन जारी राखेका छन्।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर