काठमाडौं । बलिउड अभिनेता आमिर खानलाई लरेन्स बिश्नोई ग्याङको नामबाट ज्यान मार्ने धम्की दिइएको दाबी गरिएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भनिएको पत्र तथा अडियो सन्देशमा आमिर खानले हालै गौरी स्प्रैटसँग गरेको विवाहलाई ‘लभ जिहाद’ भन्दै आपत्ति जनाइएको उल्लेख गरिएको छ ।
रिपोर्टका अनुसार उक्त सन्देशमा देशको संस्कृति र परम्पराविरुद्ध जाने गतिविधिलाई समर्थन गर्नेहरूलाई सहन नसकिने भन्दै आमिर खानलाई ‘सबक सिकाइने’ चेतावनी दिइएको दाबी गरिएको छ । यद्यपि, यस घटनाबारे मुम्बई प्रहरीले कुनै आधिकारिक पुष्टि गरेको छैन । साथै, आमिर खान वा उहाँको व्यवस्थापन टोलीले पनि यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
यसअघि आमिर खानले आफूविरुद्ध उठेको ‘लभ जिहाद’सम्बन्धी आरोपको खण्डन गर्दै आफ्ना सबै विवाह स्पेशल म्यारिज एक्टअन्तर्गत भएको बताउनुभएको थियो । उहाँले आफ्नी कुनै पनि पत्नीले धर्म परिवर्तन नगरेको र हालकी पत्नी गौरी स्प्रैट इसाई धर्मावलम्बी रहेको स्पष्ट पार्नुभएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार आमिर खानले गत जुलाई ५ मा मुम्बईस्थित आफ्नै निवासमा निजी समारोहबीच गौरी स्प्रैटसँग विवाह दर्ता गरेका थिए । उक्त विवाह स्पेशल म्यारिज एक्टअन्तर्गत कानुनी सम्पन्न भएको जनाइएको छ । यस विवाहलाई लिएर भारतमा केही राजनीतिक व्यक्तित्व तथा विभिन्न संगठनले आलोचना गरेका छन् भने सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ ।
यद्यपि, आमिर खानमाथि धम्की दिइएको भनिएको घटनाको स्वतन्त्र पुष्टि हालसम्म हुनसकेको छैन । त्यसैले सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीहरूको आधिकारिक पुष्टि हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।







ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य