हेटौंडा । भीषण वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार राति हेटौंडाबाट काठमाडौं र ललितपुरतर्फ जाने सवारीसाधनको आवागमन अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।
प्रशासनका अनुसार साउन २ गते साँझदेखि भोलिसम्म भारी वर्षा हुने पूर्वानुमान रहेकाले काठमाडौं, ललितपुर, चितवन र सिन्धुलीतर्फ जाने राजमार्गमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज राति ८:०० बजेदेखि भोलि बिहान ५:०० बजेसम्म हेटौंडा–देउराली हुँदै काठमाडौं जाने सवारीसाधनलाई चौकीटोल क्षेत्रमा रोकिनेछ।
त्यसैगरी कान्ति लोकपथ हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्वसूचनाअनुसार शनिबार साँझ ६ बजेदेखि चौघडामै रोकिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले मौसमको अवस्था र सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक जोखिमयुक्त यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर