भोजपुर । सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले शनिबार साँझदेखि आइतबार बिहानसम्म जिल्लाका विभिन्न सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका आधारमा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ४ बजेसम्म मध्यपहाडी राजमार्गअन्तर्गत लेगुवा–भोजपुर–चखेवा सडकखण्ड, भोजपुर–दिङ्ला सडक, भोजपुर सदरमुकामबाट दक्षिणतर्फ जोडिने सहायक मार्ग तथा जिल्लाभित्रका अन्य सहायक सडकमा आपतकालीन सेवाबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले अरुण नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले अत्यावश्यक अवस्थामा सवारी सञ्चालन गर्नुपरे सम्बन्धित निकाय तथा प्रहरीसँग समन्वय गरेर मात्रै यात्रा गर्न आग्रह गर्नुभयो। उहाँले मौसमको अवस्थाबारे जारी हुने सूचना नियमित रूपमा पालना गर्न पनि अनुरोध गर्नुभएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर