काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद उपचारको उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।
शुक्रबार केन्द्रको अनुगमन गर्दै मन्त्री मेहताले त्यहाँबाट प्रवाह भइरहेका सेवा, उपलब्ध पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र संस्थाको समग्र विकासका विषयमा पदाधिकारीसँग छलफल गर्नुभएको थियो।
उहाँले आयुर्वेद, पञ्चकर्म र योग सेवाको प्रभावकारी प्रवर्द्धनका लागि केन्द्रलाई नमुना संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताउँदै सर्वसाधारणलाई उपलब्ध सेवाबारे व्यापक प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुभयो।
मन्त्री मेहताले केन्द्रको विकास र सेवा विस्तारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
उहाँले हर्रो, बर्रो, बोजोलगायत औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा आवश्यक नीति तथा कार्यक्रममार्फत मन्त्रालयले सहयोग गर्ने बताउनुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर