काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाको आवतजावतमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको आधारमा जिल्ला प्रशासन कार्यालयले यात्रा सचेतना जारी गरेको हो।
प्रशासनले काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
कार्यालयले सकेसम्म रातिको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न तथा यात्रा गर्नुअघि मौसमको अद्यावधिक जानकारी र सडकको अवस्थाबारे सम्बन्धित स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएर मात्र सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
प्रशासनले मौसम प्रतिकूल भइरहेका बेला जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगरी सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशनको पालना गर्न पनि सबैसँग अनुरोध गरेको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर