काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सांसद ओलीले आफूले साइबर ब्युरोमा दर्ता गराएको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी प्राप्त भएको बताउनुभएको छ। पक्राउ परेका दुवै जना पुरुषलाई शनिबार चितवनबाट नियन्त्रणमा लिइएको जनाइएको छ।
सामाजिक सञ्जालमार्फत निरन्तर चरित्रहत्या गर्ने, गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप लगाउँदै सांसद ओलीले शुक्रबार साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको थियो। उजुरी दर्तापछि उहाँले आरोपितहरूको तस्बिरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो।
सांसद ओलीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिँदै लोकतान्त्रिक समाजमा असहमति, आलोचना वा फरक विचार व्यक्त गर्नु स्वाभाविक र स्वागतयोग्य भए पनि चरित्रहत्या, गालीगलौज, धम्की र घृणास्पद अभिव्यक्ति फैलाउने कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताउनुभएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर