काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा तीन दल मिलेर सरकार बनाउने अभ्यास जनादेशविपरीत हुने बताउनुभएको छ ।
आइतबार ललितपुरको नखिपोटमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति’ विषयक साक्षात्कार कार्यक्रम तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले तीन दलको गठबन्धनमा प्रदेश सरकार गठन गर्दा प्रदेशसभा प्रतिपक्षविहीन हुने अवस्था सिर्जना हुने टिप्पणी गर्नुभयो।
सभापति थापाले सरकारमा सहभागी हुनु मात्रै राजनीतिक दलको उद्देश्य हुन नहुने उल्लेख गर्दै सत्ताकेन्द्रित राजनीतिक अभ्यासले नेपाली कांग्रेससहित पुराना राजनीतिक दलहरूले ठूलो मूल्य चुकाउनुपरेको बताउनुभयो । उहाँले चुनावअघि एउटा दलसँग गठबन्धन गरेर चुनाव लड्ने र त्यसपछि अर्को दलसँग मिलेर सरकार बनाउने प्रवृत्तिका कारण सरकार र प्रतिपक्षको स्पष्ट भूमिका नै कमजोर भएको धारणा राख्नुभयो ।
उहाँले २०७२ सालयता सत्तामुखी राजनीतिक अभ्यासले राजनीतिक अस्थिरता बढाएको र दलहरूप्रतिको जनविश्वासमा समेत असर पुगेको बताउनुभयो ।
सभापति थापाले अहिलेको कांग्रेस नेतृत्वले पार्टीका भवन वा अनुहारभन्दा पनि सोच र प्राथमिकता परिवर्तन गर्न खोजिरहेको उल्लेख गर्दै आगामी पुस्ताले गर्व गर्ने पार्टीका रूपमा नेपाली कांग्रेसलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीका संस्थापक तथा अग्रज नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर राणालगायतले कठिन परिस्थितिमा पार्टी सञ्चालन गरेको अनुभवबाट प्रेरणा लिएर कांग्रेसलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर