काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक आइतबार अपराह्न केही समयका लागि डाउन भएको छ। प्राविधिक समस्याका कारण फेसबुकको ब्राउजर संस्करण प्रयोग गर्न खोज्ने प्रयोगकर्ताले सेवा अवरुद्ध भएको सन्देश प्राप्त गरेका छन्।
फेसबुकले प्रयोगकर्तालाई देखाएको सूचनामा भनिएको छ, “एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।”
समस्या देखिएसँगै विश्वभरका प्रयोगकर्ताले फेसबुकमा पहुँचसम्बन्धी गुनासो गर्न थालेका छन्। वेबसाइट र अनलाइन सेवाहरूको अवस्था निगरानी गर्ने डाउनडिटेक्टरका अनुसार आइतबार दिउँसो करिब १ः३० बजेदेखि ‘फेसबुक डाउन’ सम्बन्धी रिपोर्ट र खोजीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको देखिएको छ।
हाल फेसबुकको मातृ कम्पनी Meta ले समस्याको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। प्राविधिक टोलीले समस्या समाधानको प्रयास गरिरहेको अनुमान गरिएको छ।
फेसबुक सेवा पूर्ण रूपमा कहिले पुनःस्थापित हुन्छ भन्नेबारे आधिकारिक जानकारी आउन बाँकी छ। प्रयोगकर्तालाई केही समयपछि पुनः प्रयास गर्न सुझाव दिइएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर