धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–२ स्थित भुलभुलेका करिब दुई सय घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्। धादिङबेसी खानेपानी आयोजनाको पाइप व्यवस्थापन अव्यवस्थित हुँदा जमिन कमजोर भई पहिरोको जोखिम बढेको स्थानीयवासीले बताएका छन्।
स्थानीयका अनुसार खानेपानीका पाइप जथाभावी बिछ्याइएको तथा आवश्यक प्राविधिक व्यवस्थापन नगरिएकाले जमिनको संरचना कमजोर बन्दै गएको छ। यसका कारण वर्षायाममा पहिरो जाने क्रम बढ्दै गएको उनीहरूको गुनासो छ।
पहिरो तथा बाढीको जोखिम न्यूनीकरणका लागि नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा करिब ६५ लाख रुपैयाँ लागतमा ग्याबिन वाल निर्माण गरिएको थियो। तर, खानेपानीको पाइपलाइन वैज्ञानिक र सुरक्षित ढंगले व्यवस्थापन नगरिएकाले सोही क्षेत्रमा गएको पहिरोले ग्याबिन वालसमेत क्षतिग्रस्त बनाएको स्थानीयले बताएका छन्।
स्थानीयवासीले जोखिम बढ्दै गएपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल स्थलगत अध्ययन, पाइपलाइनको उचित व्यवस्थापन तथा पहिरो नियन्त्रणका प्रभावकारी उपाय अपनाउन माग गरेका छन्।
वर्षायाम सक्रिय रहेकाले उक्त क्षेत्रमा थप पहिरो जान सक्ने सम्भावना रहेको भन्दै स्थानीय बासिन्दा त्रासमा रहेका छन्। सरोकारवाला निकायले समयमै आवश्यक कदम नचाले ठूलो जनधनको क्षति हुन सक्ने स्थानीयको चेतावनी छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर