काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क र अध्ययनका आधारमा सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न पार्टीका सङ्घीय सांसदहरूलाई निर्देशन दिनुभएको छ।
एमालेको केन्द्रीय संसदीय विभागले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जनसरोकारका विषयमा गहिरो अध्ययन, तथ्यमा आधारित बहस तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
उहाँले संसद्मा जिम्मेवार र प्रभावकारी प्रतिपक्षको भूमिका लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सांसदहरूलाई नीति निर्माण प्रक्रियामा जनताको आवाजलाई अझ सशक्त ढंगले उठाउन आग्रह गर्नुभयो।
“बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र होइन,” ओलीले भन्नुभयो, “एमालेले राजनीतिक अनुभवलाई विज्ञहरूको ज्ञान, अनुसन्धान र बौद्धिक क्षमतासँग जोड्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरेको हो।”
उहाँले जनताको आवाजलाई तथ्य र प्रमाणका आधारमा अझ बुलन्द बनाउँदै सरकारलाई बढी जवाफदेही बनाउन सांसदहरूले सक्षम, जिम्मेवार र दूरदर्शी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, संसदीय दलकी उपनेता पद्माकुमारी अर्याललगायत नेताहरूले पनि प्रशिक्षण दिनुभएको थियो।
एमालेले संसदीय भूमिकालाई थप प्रभावकारी, अध्ययनशील र परिणाममुखी बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जनाएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर