काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा एक रात बिताएर आइतबार काठमाडौं फर्किनुभएको छ। उहाँ शनिबार पत्नी निकिता लामिछानेसहित रिसोर्ट पुग्नुभएको थियो।
सुरक्षा स्रोतका अनुसार सभापति लामिछाने आइतबार काठमाडौं फर्किनुभएको हो। रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि शनिबार उक्त रिसोर्ट पुग्नुभएको थियो। उहाँ केही समयपछि काठमाडौं फर्किने बताइएको छ।
प्राप्त जानकारीअनुसार डा. वाग्ले शनिबार दिउँसो करिब ३ बजे रिसोर्टमा प्रवेश गर्नुभएको थियो। त्यसको केही समयपछि सभापति लामिछाने पत्नी निकितासहित करिब ३ः२० बजे त्यहाँ पुग्नुभएको थियो। उहाँहरू डा. वाग्लेको लगानी रहेको भिल्लामा बस्नुभएको जनाइएको छ।
रास्वपा स्रोतका अनुसार सभापति लामिछाने व्यक्तिगत बिदा मनाउने उद्देश्यले धुलिखेल क्षेत्र पुग्नुभएको थियो। रिसोर्टमा एक रात बिताएपछि उहाँ काठमाडौं फर्किनुभएको हो।
सुरक्षा स्रोतले परिवारका सदस्यबाहेक रास्वपाका अन्य नेताहरू रिसोर्टमा उपस्थित नरहेको जनाएको छ। यद्यपि पार्टीका दुई शीर्ष नेताको उक्त भेटघाटलाई राजनीतिक वृत्तमा विभिन्न कोणबाट हेरिएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपा नेतृत्वबीच केही विषयमा छलफल भएको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ। तर यस सम्बन्धमा कुनै पनि पक्षबाट औपचारिक प्रतिक्रिया वा धारणा सार्वजनिक भएको छैन।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर