काठमाडौं । नेपाली कांग्रेसले बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा यही साउन ६ गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने घोषणा गरेको छ । ‘जलवायु जनचेतना जगाऔँ, जुटौँ’ नारासहित आयोजना हुने पाँच किलोमिटर लामो दौड ललितपुरको युएन पार्कबाट प्रारम्भ हुनेछ ।
‘ग्रिन रन’ दौडका लागि अनलाइन दर्ता फर्म पनि खुला गरेको कांग्रेसले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुन चाहने हरेक नागरिकले क्युआर कोड स्क्यान गरी गुगल फर्म भरेर सहभागिता जनाउन सक्नेछन् ।
दौडमा प्रतिस्पर्धा गर्न चाहने र केवल सहभागिता जनाउन चाहने दुवै थरीका लागि विकल्प खुला गरिएको छ । इच्छुक नागरिकले साउन ४ गते मध्य रातसम्म अनलाइनबाट आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ ।
दौडपछि बिहान ७ बजे जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौतीः निराकरण कसरी’ शीर्षकमा विषयविज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिने जनाइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर