काठमाडौं । डिजिटल बैंकिङ अझ सहज र छिटो बनाउन एनएमबी बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । सहकार्यसँगै अब एनएमबी बैंकका ग्राहकले नागरिक एपमार्फत् अनलाइन बैंकिङ फर्महरू सजिलै भर्न सक्नेछन् ।
जसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनुपर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैंकको काम सहज र छिटो हुने बैंकले जनाएको छ । ग्राहकको गोप्य जानकारीको सुरक्षामा पूर्ण ध्यान दिँदै, ग्राहक आफैंले आफ्नो नागरिक एपबाट विवरण हेर्ने अनुमति नदिएसम्म बैंकले विवरणहरू हेर्न वा प्रयोग गर्न पाउने छैन ।
साथै सबै जानकारी जुन कामका लागि मागिएको हो, त्यसमै मात्र प्रयोग हुनेछ । देशको बढ्दो डिजिटल सार्वजनिक पूर्वाधार प्रयोग गर्दै नेपालभरिका नागरिकहरूका लागि बैंकिङ सेवा अझ सुरक्षित, सरल र झन्झटमुक्त बनाउने एनएमबी बैंकको प्रयासमा उक्त सहकार्य एउटा ठूलो कदम भएको बैंकले जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर