श्रीहरिकोटा । भारतले पहिलो पटक निजी क्षेत्रद्वारा निर्माण गरिएको अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण गर्दै अन्तरिक्ष यात्रामा नयाँ उपलब्धि हासिल गरेको छ । स्काइरुट एरोस्पेसद्वारा निर्मित विक्रम-१ रकेट श्रीहरिकोटास्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।
करिब साततले भवन बराबर उचाइ रहेको विक्रम-१ ले ३५० किलोग्रामसम्म पेलोड बोकेर पृथ्वीको तल्लो कक्षमा साना उपग्रह स्थापना गर्नसक्ने क्षमता राख्छ । परीक्षण उडानमा प्रयोगशालामा उत्पादित हीरा, अन्तरिक्षको फोहोर हटाउने रोबोटिक उपकरण तथा १८ क्यारेट सुनबाट बनेको सानो रकेटसमेत समावेश गरिएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई भारतको अन्तरिक्ष यात्राको ऐतिहासिक क्षणको संज्ञा दिनुभएको छ । सन् २०२० मा अन्तरिक्ष क्षेत्र निजी लगानीका लागि खुला गरिएपछि भारतमा ४०० भन्दा बढी निजी अन्तरिक्ष कम्पनी सक्रिय छन् । विक्रम-१ को सफल प्रक्षेपणले भारतीय निजी अन्तरिक्ष उद्योगको क्षमता र विश्वसनीयता थप सुदृढ हुने अपेक्षा गरिएको छ । एजेन्सी







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी