काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्रको एकता कायम राख्ने उद्देश्यसहित पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ। संस्थापन पक्षबाट पार्टी एकतासम्बन्धी विषयमा भ्रमपूर्ण प्रचार भइरहेको आरोप लगाउँदै इतर समूहले आफ्नो धारणा सार्वजनिक गरेको हो।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश र जिल्ला सभापतिहरूको बैठकपछि नेता मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा पार्टी एकताका विषयमा बजारमा फैलाइएका हल्लाहरू निराधार र भ्रामक रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार उपसभापति विश्वप्रकाश शर्माले अघि सार्नुभएका प्रस्तावहरूमाथि जेठ १८ गते नै औपचारिक छलफल गरी सहमति खोज्ने प्रयास गरिएको थियो।
इतर समूहले सार्वजनिक गरेको प्रस्तावमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट चयन हुने कार्यसमितिसँग समायोजन गर्दै सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख गरिएको छ। साथै, सभापति थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ।
त्यसैगरी, पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने र महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरूमा वर्तमान संस्थापन पक्षको बहुमत सुनिश्चित गरिनुपर्ने विषय पनि प्रस्तावमा समेटिएको छ।
इतर समूहले तत्कालीन महामन्त्री गगन थापा संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यहरूलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने माग गरेको छ। साथै, डिजिटल इन्ट्री प्रक्रियालाई नवीकरणको नाममा महाधिवेशनमा सहभागी हुने अधिकारसँग जोड्न नहुनेमा पनि जोड दिएको छ।
संस्थापनइतर समूहले पार्टीभित्र सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्दै आगामी महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सहभागीमूलक बनाउनुपर्ने धारणा व्यक्त गरेको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर