मुम्बई । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री जेनिफर विंगेटले सिंगापुरका व्यवसायी विलियम इश्माइलसँग विवाह गर्नुभएको छ । दुवैले जुलाई १६ मा बेलायतमा आयोजित निजी समारोहमा परिवारका सदस्य र निकट साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।
केही दिनदेखि चलेको विवाहको चर्चाबीच जेनिफरले सामाजिक सञ्जालमार्फत विवाहका तस्वीर तथा भिडियो सार्वजनिक गर्दै विवाह भएको पुष्टि गर्नुभएको हो ।
भिडियोसँगै उहाँले ‘अन्ततः हाम्रो भाग्य एक भयो’ भन्दै खुशी व्यक्त गर्नुभएको छ । ४१ वर्षीया जेनिफर ‘दिल मिल गए’, ‘सरस्वतीचन्द्र’, ‘बेहद’ र ‘बेपनाह’ जस्ता लोकप्रिय धारावाहिकबाट चर्चित हुनुहुन्छ ।
उहाँ पछिल्ला वर्षहरूमा ओटीटी परियोजनामा पनि सक्रिय छिन् । जेनिफरको यसअघि अभिनेता करण सिंह ग्रोवरसँग विवाह भएको थियो । सन् २०१४ मा उहाँहरूको सम्बन्ध विच्छेद भएको थियो ।







फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु