स्थानं प्रधानं न बलं प्रधानं स्थानेस्थितः का पुरुषोऽपि शूरः
जानामि नागेन्द्र तव प्रभावं कण्ठं बिना गर्जसि शंकरस्य ।।
यो श्लोक भगवान् विष्णुको वाहन गरुडले शंकरको घाँटीमा रहेको सर्पलाई भनेको हो । गरुडको छायाँ पर्दा पनि सर्प हिँड्न सक्दैन । शिवजीको घाँटीमा रहेको नागले गरुडलाई देखेर फुंकार मारेपछि गरुडको उक्ति हो यो । हे नागेन्द्र तिम्रो प्रभाव मैले जानेको छु । कहिल्यै पनि बल प्रधान हुँदैन । स्थानको प्रधानता रहेको हुन्छ । अहिले तिमी महाकालको घाँटीमा छौ र फुंकार मारिरहेका छौं । बाहिर आऊ तिमीलाई तिम्रो हैसियत के हो म देखाउनेछु । यो उक्ति आफैंमा गम्भीर प्रकृतिको छ । मानिस ठाउँले प्रधान वा ठूलो हुने हो बलका कारण कहिले पनि होइन । कमजोर पुरुष पनि स्थानका कारण बलवान् नै हुने गर्दछ ।
नेपाली कांग्रेस नेपालको पहिलो प्रजातान्त्रि पार्टी । राणाशासनका विरुद्धमा जन्मेर राणाको अन्याय अत्याचारबाट देश र जनतालाई मुक्ति दिलाएको पार्टी । आज आएर शिवजीको घाँटीको सर्प र भगवान् विष्णुको वाहन गरुडको जस्तो हालतमा देखापरेको छ । चुनदेवी वा सानेपा कुन हो शिवजीको घाँटीको सर्प यो जिम्मा मैले पाठकलाई नै सुम्पेको छु तर हुंकार दुबैतिर छ फुंकार पनि दुबैतिर नै छ । सानेपा हो वा चुनदेवी को होला ? सुधी पाठक आफैं नै जानकार हुनुहुन्छ नै । सुधी पाठकलाई जिम्मा लगाउनु उपयोगी देखेँ मैले त ?
गत असारको २२ गते नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालयको ताला खोलेर आफूलाई असल नेपाली कांग्रेस माने । लगातार उक्त कार्यालयमा बैठक बसिरहेको छ । बैठकको निर्णय सधैं एउटामात्र हुन्छ नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउने । हँदैसम्मको लचिलो बनेर पार्टीलाई ऊर्जावान् बनाउने । ऊर्जावान् पार्टीलाई लिएर आउँदो २०८४ को स्थानीय र प्रदेशको निर्वाचनमा होमिने ।
चुनदेवीको प्रलाप
गत असारको २२ गते नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालयको ताला खोलेर आफूलाई असल नेपाली कांग्रेस माने । लगातार उक्त कार्यालयमा बैठक बसिरहेको छ । बैठकको निर्णय सधैं एउटामात्र हुन्छ नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउने । हदैसम्मको लचिलो बनेर पार्टीलाई ऊर्जावान् बनाउने । ऊर्जावान् पार्टीलाई लिएर आउँदो २०८४ को स्थानीय र प्रदेशको निर्वाचनमा होमिने ।
यही हो त्यहाँ बैठक बस्ने नेताहरूको निर्णय पनि । उक्त कार्यालयमा तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का, विश्वेश्वरप्रसाद कोइरालाका पुत्र शशांक कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह, महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधि तथा पार्टीमा आफ्नो अलग धार रहेको स्वघोषण गर्ने नोना कोइरालाका पुत्र शेखर कोइराला तथा वर्तमानमा राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलालगायत यी सबैलाई नेता मानेर अघि बढ्ने नेपाली कांग्रेसका कार्यकर्ता पनि । सम्पर्क कार्यालय खोलियो । पार्टीको सम्पर्क कार्यालय पनि भनिएको छ । पार्टी वैधानिक रूपमा न फुटेकाले पार्टी कार्यालय भनिएको छैन । भेट्घाट पनि राम्रै हुने गरेको छ ।
त्यहीँबाट विशेष महाधिवेशनबाट आएको गगनकुमार थापाको नेतृत्वलाई चुनौती दिन थालियो । हामी भएनौं भने कांग्रेसको अस्तित्व नै समाप्त हुन्छ । पार्टी सभापति हामी र हामीले भनेका शर्तमा सहमति हुनुपर्दछ । यी र यस्तै आदिआदि कुराहरू राख्दै निरन्तर बैठक जारी रहेका छन् । सामाजिक सञ्जाल र समाचारहरूमा यस्तै किसिमका खबरले तताएका छन् आज कांग्रेसको विवादलाई । चासो छ कांग्रेसका शुभचिन्तकलाई ।
नेपाली कांग्रेसले आफ्नो पार्टीलाई प्रविधिमा प्रवेश गरायो । क्रियाशील सदस्यता नवीकरण गर्ने समय यही साउन १५ गतेसम्म पुर्याएको छ । हालसम्म सात लाखसम्म क्रियाशील सदस्यतालाई प्रविधिमा नेपाली कांग्रेसले प्रविष्ट गराएको जानकारी पाइएको छ । नेपाली कांग्रेसका तत्कालीन दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा यही २०८२ साल पुसमा विशेष महाधिवेशन सम्पन्न गरेको थियो । उक्त महाधिवेशनले गगनलाई पार्टी सभापतिका रूपमा निर्वाचित गरेको हो निर्विवादरूपमा । चुनदेवी त्यतिबेलाको असन्तुष्टि लिएर निर्वाचन आयोग गयो । त्यहाँ पनि गगनलाई नै आधिकारिक मानियो । फागुन २१ गतेको निर्वाचन गगनकै नेतृत्वमा सम्पन्न भयो ।
सोचेर चाहेजस्तो परिणाम आउन नसके पनि आज दोस्रो ठूलो दलका रूपमा नेपाली कांग्रेस प्रतिनिधिसभामा रहेको छ । चुनदेवी फेरि पनि सर्वोच्च अदालत पुग्यो । त्यहाँबाट पनि ऊ रित्तो हात नै फर्कियो । नेपालका सबै निकायबाट चुनदेवीले शून्य पायो । यो शून्यताले पार्टीमा रहेका वर्तमान सभापतिलाई सभापति मान्न आनाकानी गरेको छ चुनदेवी । आफूभन्दा कनिष्ठलाई सभापति मान्ने वा नमान्ने यो विवाद हुनसक्छ । हामी भनेका नेपाली कांग्रेसका संस्थापकका छोराहरू हौँ भन्ने अर्को तर्क पनि हुनसक्छ । संसदीय निर्वाचनमा त जनताले पताएनन् । आउँदो पन्ध्रौं महाधिवेशनले पनि हामीलाई किनार लगाउने निश्चित प्रायः छ भन्ने अर्को चिन्ताले चुनदेवीलाई सताएको पक्कै पनि छ ।
यो चिन्ता पार्टीको लागि होइन । यो चिन्ता नेपाली कांग्रेसका समर्थक, मतदाता र शुभेच्छुकका लागि कदापि होइन । आजसम्म राजनीतिको रोटी सेकेर आफूलाई वरिष्ठ नेता मानेका व्यक्ति वा नेताको अरण्यरोदनमात्र हो । पार्टी विधानले चल्ने हो । विधान भएन भने वर्तमान सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीको जस्तै हालत हुन्छ । सभापतिको कुरा प्रधानमन्त्रीले नमान्ने र प्रधानमन्त्री म नै सर्वेसर्वा हुँ भन्ने अवस्था आज दुईतिहाइको सरकार र पार्टीमा देखापरेको छैन र ? गएको निर्वाचनमा हार बेहोरका र गगनको हस्ताक्षरबाट निर्वाचनमा होमिएका व्यक्तिहरू नै आज चुनदेवीको सम्पर्क कार्यालयमा हुनुलाई सामान्य नेपाली कांग्रेसका समर्थक र मतदाताले के मान्ने ? यही हो मूल चुरो पनि । पार्टीलाई एक ढिक्का बनाउनेभन्दा पनि हामी कसरी सुरक्षित हुने भन्ने चिन्ता नै चुनदेवीको गर्जन हो ।
सानेपाको हुंकार
वर्तमान संसद्मा गगनकुमार थापाको अभाव खड्किएको छ तर नेपाली कांग्रेसका ओजस्वी र बोल्न सक्ने व्यक्ति आजको संसद्मा रहेको हुनाले नेपाली कांग्रेस हुनुलाई गर्व लाग्ने अवस्था आजको संसद्मा छ । पार्टी सभापतिले निर्वाचन हारे । उनले मात्र हारेका होइनन् । मतदाता नै पुराना पार्टीबाट विच्किए । नयाँ पार्टीलाई सत्तामा पुर्याए । आज तिनै मतदाता निराश बनेका खबर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नआएका होइनन् । पार्टी विधानसम्मत तरिकाले चल्ने हो । विधानमा उल्लेख गरिएका कुराबाहेक पार्टी सभापति र केन्द्रीय समिति पनि बाहिर जान मिल्दैन । सानेपा नेपाली कांग्रेसको वैधानिक पार्टी कार्यालय हो । यो कार्यालयबाट हुने सबै काम वैधानिक हुनु आवश्यक छ ।
विधानभन्दा माथि पार्टी सभापति पनि छैन । आज नेपाली कांग्रेस वैधानिकरूपमा पन्ध्रौं महाधिवेशन गर्ने तरखरमा जुटेको छ । विशेष महाधिवेशनबाट आएका पार्टी सभापति गगनकुमार थापा विधानभन्दा बाहिर गएर पार्टीका कुनै कामकारबाही हुन नसक्ने अडानमा रहेका छन् । पार्टी एक ढिक्का छ चुनदेवीमा सहभागी हुनेबाहेक । विशेष महाधिवेशनलाई नेपालका संवैधानिक निकायले स्वीकार गरिसकेको छ । यसरी विधानतः संविधानतः वैध भएको पार्टीलाई अवैध हो भन्ने रोइलो किन होला ? अल्पबुद्धिले बुझ्न सकेको छैन । सुधी पाठकबाट अवश्य नै प्रतिक्रिया आउनेछन् ।
चुनदेवीलाई सानेपाले बोलाएको छ । सानेपाले विधानसम्मत तरिकाले बोलाउने हो । विधान मिचेर बोलाउने होइन । विधानसम्मत तरिकाले बोलाएको ठाउँमा जानु आवश्यक पनि हो । चुनदेवीलाई सानेपामा विलय गराऊँ । सानेपा नै नेपाली कांग्रेसको वैधानिक मुकाम हो । बाहिर बसेर आफूलाई शिवजीको घाँटीको सर्प नमानौं । बाहिर आउनसाथ गरुडले अवश्य नै आहार बनाउने निश्चित देखिन्छ ।
नेपाली कांगेसमा चुनदेवीमा जम्मा हुनेहरूको योगदान छैन भन्ने होइन । चुनदेवीमा कार्यकर्ता भेला पार्ने र सातै प्रदेशमा आफ्नालाई सम्बोधन गरेका सबैको योगदान नेपाली कांग्रेसको पार्टी संगठनमा छ । ती चुनदेवीका भन्दा पनि विशेष भूमिका निस्वार्थरूपमा पार्टीका लागि खट्ने, आजसम्म कुनै पदमा नगएका, जेजस्तो भए पनि प्रजातान्त्रिक पार्टी हो भन्ने, यो पार्टीले आजसम्म देशका सबै व्यवधानलाई हटाएर देशलाई गति दिएको हो भन्ने व्यक्तिको पनि योगदान मनग्ये रहेको छैन र ? अझ नेपाली कांग्रेसलाई सदा मत दिएर आफ्नो बालिग मताधिकार प्रयोग गर्ने ती मतदाता पनि यो पार्टीका हितचिन्तक होइनन् र ? नेपाली कांग्रेसको किचलो देखेर पार्टी परित्याग गरेका समाचार पनि नआएका छैनन् तर जे जति निष्ठावान् कार्यकर्ता छन् ती नै नेपाली कांग्रेसका ऊर्जा हुन् ।
त्यो ऊर्जा नै नेपाली कांग्रेसको सम्पत्ति हो । मानिसको मोहभंग हुन्छ । मोहमा परेका र केही खान पल्केका कार्यकर्ताबाट कहिले पनि पार्टीको गति अघि बढ्न सक्दैन । बालेनलाई भनेर मत जाहेर गरेका मतदाताको मोहभंगको अवस्था आउन थालिसकेको छ । जनताका बारेमा र देशका समस्याका बारेमा एक शब्द पनि नबोल्ने संसाद नेपाली कांग्रेसका हुन सक्दैनन् । जनहित र देशहितमा आवाज उठाएर आफू र आफ्नो पहिचान सुरक्षित राख्नु नेपाली कांग्रेसका कार्यकर्ताका मूल अभीष्ट पनि हो । यो अभीष्ठ संसदमा नेपाली कांग्रेस गतिलो रूपमा प्रस्तुत भएको छ नै । आउँदो स्थानीय निर्वाचनमा आफूलाई खरो बनाएर उतार्नु नै यो पार्टीको आजको आवश्यकता हो ।
चुनदेवीलाई सानेपाले बोलाएको छ । सानेपाले विधानसम्मत तरिकाले बोलाउने हो । विधान मिचेर बोलाउने होइन । विधानसम्मत तरिकाले बोलाएको ठाउँमा जानु आवश्यक पनि हो । चुनदेवीलाई सानेपामा विलय राऊँ । सानेपा नै नेपाली कांग्रेसको वैधानिक मुकाम हो । बाहिर बसेर आफूलाई शिवजीको घाँटीको सर्प नमानौं । बाहिर आउनसाथ गरुडले अवश्य नै आहार बनाउने निश्चित देखिन्छ । सानेपा पुरानालाई विधानसम्मत तरिकाले स्वागत गर्न आतुर देखिएको छ । विधानलाई लत्याएर आतुर हुन आवश्यक पनि छैन ।
यदि विधान सम्मत तरिकाले चुनदेवी सानेपामा आयो भने पुरानालाई सम्मान, नयाँलाई स्वागत र समर्थकले अभिवादन पाओस् । त्यसैले यो गर्जन र हुंकार आफैंमा राम्रो होला ? व्यक्तिगत स्वार्थका लागि पार्टीको हितका लागि भने छैन । पार्टीको हितमा चेतना भएका चुनदेवी र देशलाई गति दिनसक्ने सानेपाको मिलन नै आजको आवश्यकता हो । देश, जनता र समर्थक तथा शुभेच्छुकका लागि ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर