अर्जेन्टिना–स्पेन विश्वकप फाइनलमा स्लोभेनियाका स्लाभको भिन्सिच मुख्य रेफ्री
काठमाडौं । फिफा विश्वकप–२०२६ को बहुप्रतीक्षित फाइनलमा साविक विजेता अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने उपाधि भिडन्त नेपाली समयअनुसार सोमबार बिहान १२:४५ बजे सुरु हुनेछ।
विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनलमा समर्थकहरूको ध्यान खेलाडीहरूमा मात्र नभई खेल सञ्चालन गर्ने रेफ्रीमाथि पनि केन्द्रित हुने गर्दछ। यसपटकको फाइनल खेल सञ्चालन गर्ने जिम्मेवारी स्लोभेनियाका अनुभवी रेफ्री स्लाभको भिन्सिचलाई दिइएको छ।
४७ वर्षीय भिन्सिच स्लोभेनियाको मारिबोर निवासी हुन्। उहाँले सन् २००७ मा स्लोभेनियाको शीर्ष डिभिजन लिगबाट रेफ्री करिअर सुरु गर्नुभएको थियो। सन् २०१० मा फिफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त रेफ्री बनेपछि उहाँले विश्व फुटबलका थुप्रै महत्वपूर्ण खेलहरू सञ्चालन गरिसक्नुभएको छ।
भिन्सिचले सन् २०२१ को युरोपियन च्याम्पियनसिपअन्तर्गत इटाली र बेल्जियमबीचको क्वार्टरफाइनल, सन् २०२३ को यूईएफए नेसन्स लिग सेमिफाइनलमा स्पेन र इटालीबीचको खेल तथा सन् २०२४ को युरो कप सेमिफाइनलमा स्पेन र फ्रान्सबीचको प्रतिस्पर्धा सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो।
विश्व फुटबलका उच्चस्तरीय प्रतियोगितामा निरन्तर जिम्मेवारी पाउँदै आएका भिन्सिचलाई निष्पक्ष र अनुभवी रेफ्रीका रूपमा लिइन्छ। त्यसैले अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्तमा उहाँको भूमिका पनि विशेष चासोका साथ हेरिने अपेक्षा गरिएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर