काठमाडौं । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ बलुवाकी राजेन्द्र महतोकी १८ महिनाकी छोरी लालु कुमारी महतो रहनुभएकाे छ । उहाँ केही दिनदेखि मामा घरमा बस्दै आउनु भएकाे थियाे ।
प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामा घर पछाडि रहेको स्थानीय तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा बालिका डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । परिवारका सदस्यले तत्काल उहाँलाई पानीबाट बाहिर निकालेर बचाउने प्रयास गरे पनि उहाँको ज्यान जोगाउन सकेनन् ।
घटनाको जानकारी साँझ करिब ६ः१५ बजे इलाका प्रहरी चौकी बड्कीफुलबरियामा पुगेपछि असई राम विद्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का तथा फरेन्सिक टोलीसहितको प्रहरी टोली परिचालन गरी घटनास्थलको अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर