काठमाडाैं । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कालिकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकि रहेका छन् ।
उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ । उनीहरूले मोबाइल बैंकिङसमेतबाट रु एक करोड ९६ लाख तीन हजार ५१९ बराबरको कारोबार गरेको खुल्न आएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर