काठमाडौं । मण्डला थिएटर नेपालले आफ्नो ड्रामा स्कुलको तेस्रो ब्याचका विद्यार्थीलाई स्वागत गर्दै २०२६/२७ शैक्षिक सत्रको १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित ‘रंग (रिक्लेमिङ एड्भोकेसी थ्रु न्यारेटिभ्स, डिबेट्स, ग्रासरुट थिएटर एण्ड आर्ट्स)’ परियोजनाअन्तर्गत सञ्चालन हुने कार्यक्रममा देशभरबाट आवेदन दिएका युवामध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट १५ जना सहभागी चयन गरिएको मण्डला थिएटरका अध्यक्ष बुद्धिराम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको उद्देश्य सामाजिक रूपमा सचेत नाटक सर्जक, रंगकर्मी, लेखक, निर्देशक तथा सांस्कृतिक नेतृत्वकर्ताको विकास गर्नु हो ।
नयाँ पाठ्यक्रममा अभिनय, शारीरिक तथा कलात्मक प्रशिक्षण, सहभागितामूलक र सामुदायिक रंगमञ्च, सिर्जनात्मक लेखन, प्राविधिक रंगमञ्च, अन्तरविषयक कला अभ्यास तथा स्वतन्त्र नाटक निर्माण प्रक्रियालाई तीन सेमेस्टरमा समेटिएको छ । कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो, नेपाल सरकारका विभिन्न निकाय, विश्वविद्यालय, विकास साझेदार संस्था तथा नेपाली रंगमञ्च क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।







सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय
टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त