काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप खेलसँगै संगीतको पनि विश्वव्यापी उत्सवका रूपमा स्थापित हुँदै आएको छ । प्रत्येक संस्करणमा सार्वजनिक हुने आधिकारिक गीतहरूले प्रतियोगिताको उत्साह, विभिन्न संस्कृति र विश्व एकताको सन्देशलाई विश्वभर फैलाउने गरेका छन् ।
सन् १९९८ को फ्रान्स विश्वकपमा रिकी मार्टिनको ‘द कप अफ लाइफ’ले विश्वकप गीतलाई नयाँ उचाइमा पुर्यायो भने सन् २०१० दक्षिण अफ्रिका विश्वकपमा शाकिराको ‘वाका वाका’ इतिहासकै सबैभन्दा सफल विश्वकप गीतमध्ये एक बन्यो । त्यसपछि सन् २०१४ मा ‘वी आर वन’, सन् २०१८ मा‘लिभ इट अप’ र सन् २०२२ कतार विश्वकपमा बीटीएसका जङकुकको ‘ड्रिमर्स’ले विश्वभर लोकप्रियता हासिल गरे ।
सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गरेका छन् । यसका लागि फिफाले ‘फिफा साउण्ड’ परियोजनामार्फत विभिन्न देशका चर्चित कलाकारलाई समेटेर १८ गीत समावेश भएको सांगीतिक अभियान अघि बढाएको थियो । यसमा लिसा, अनिट्टा, रेमा, बर्ना ब्वाय, ड्याडी यान्की, स्टोर्म्जी, जेली रोल र क्यारिन लियोनलगायत कलाकार सहभागी भए ।
यसैबीच शाकिराले सन् २०२६ विश्वकपलाई लक्षित गर्दै ‘दाइ दाइ’ शीर्षकको नयाँ गीत सार्वजनिक गर्नुभयो । बर्ना ब्वायसँगको सहकार्यमा तयार गरिएको गीतले फुटबल, संस्कृति र विश्व एकताको सन्देश प्रस्तुत गरेको छ । गीतबाट प्राप्त हुने रोयल्टी फिफा ग्लोबल सिटिजन एजुकेशन फण्डमार्फत बालबालिकाको शिक्षा र फुटबल अवसर विस्तारमा प्रयोग गरिने जनाइएको छ ।
संगीत विज्ञहरूका अनुसार विश्वकपका आधिकारिक गीतहरूले प्रतियोगिताको प्रचारप्रसारसँगै पर्यटन, सांस्कृतिक आदान-प्रदान र विश्वव्यापी मनोरञ्जन उद्योगलाई समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । यही कारण विश्वकपका गीतहरू फुटबल इतिहासको अविभाज्य हिस्सा बनेका छन् । खेल सकिए पनि ती गीतहरू समर्थकको मनमा बाँचिरहेका हुन्छन् । खेलाडीले मैदानमा जितका लागि संघर्ष गरिरहँदा कलाकारहरूले संगीतमार्फत विश्वभरका समर्थकलाई एउटै भावनामा बाँध्ने काम गरिरहेका हुन्छन् ।







दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७