काठमाडौं । नेपालमा जलस्रोत, माटो तथा वातावरण संरक्षणका लागि अत्याधुनिक जेन-४ नानो-बायो टेक्नोलोजी भित्रिएको छ । दियालो टेक्नोलोजिज प्रालि र बायोरिजन बायोसाइन्सेस प्रालि(भारत) बीच उक्त प्रविधिको नेपालमा विस्तार तथा कार्यान्वयन गर्ने विषयमा हालै सम्झौता भएको हो । उक्त सहकार्यसँगै नेपालमा जलस्रोत पुनर्जीवन, औद्योगिक फोहोर पानी व्यवस्थापन तथा माटो सुधारका लागि अन्तर्राष्ट्रियस्तरको जैविक प्रविधि पहिलो पटक व्यावसायिक रूपमा उपलब्ध हुने भएको छ ।
सम्झौताअनुसार बायोरिजनले विकास गरेका नानो-बायो टेक्नोलोजीमा आधारित वातावरणीय समाधानहरू नेपालमा दियालो टेक्नोलोजिजमार्फत् विस्तार गरिनेछ । उक्त प्रविधिले प्रदूषित पानी प्राकृतिक रूपमा प्रशोधन गर्नुका साथै नदी, खोला, नाला, ताल, पोखरी तथा माटोको गुणस्तर र पारिस्थितिक प्रणाली पुनर्जीवित गर्न सहयोग गर्ने कम्पनीको विश्वास छ । प्रविधि जलाशय पुनर्जीवनका अतिरिक्त औद्योगिक फोहोर पानी प्रशोधन, कृषि उत्पादनमा रासायनिक पदार्थ प्रयोग न्यूनीकरण, माटोको गुणस्तर सुधार, हरियाली व्यवस्थापन, पशुपालन फार्म सरसफाइ तथा जैविक फोहोर प्रांगारिक मलमा रूपान्तरण गर्नसमेत उपयोगी हुने बताइएको छ । कम्पनीका अनुसार डिजिटल प्रविधि र जैविक विज्ञानको संयोजनमार्फत् बागमती नदी, रुद्रमती नदी र इच्छुमती नदीलगायत धार्मिक तथा ऐतिहासिक महत्त्वका जलाशयहरूको संरक्षण तथा पुनर्जीवनमा प्रभावकारी योगदान पुग्ने अपेक्षा गरिएको छ ।
उक्त पहललाई स्वच्छ, स्वस्थ र दिगो वातावरण निर्माणतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । सहकार्यअन्तर्गत जलाशय पुनर्जीवनका लागि ‘वारिजन’ र ‘बायोरिजन’ नामक फाइकोरिमेडिएसन प्रविधि नेपालमा भित्र्याइनेछ । जुन प्रकृतिमा आधारित नानो न्यूट्रिएन्ट प्रणाली हो, जसले पानीमा रहेका लाभदायक सूक्ष्म जीवहरू विशेषगरी डायटम्स सक्रिय बनाउँदै घुलनशील अक्सिजन वृद्धि, जैविक प्रदूषण न्यूनीकरण, दुर्गन्ध नियन्त्रण तथा अतिरिक्त नाइट्रोजन र फस्फोरसको मात्रा घटाउन सहयोग गर्छ । उक्त प्रविधि भारत, मलेसिया, भियतनाम, थाइल्याण्ड तथा संयुक्त राज्य अमेरिकालगायत विभिन्न देशमा सफलतापूर्वक प्रयोग भइसकेको छ । परम्परागत ढल प्रशोधन प्रणालीको तुलनामा उक्त प्रविधिमा ठूलो पूर्वाधार आवश्यक नपर्ने, कम ऊर्जा खपत हुने तथा सीमित जनशक्तिबाट सञ्चालन गर्न सकिने भएकाले स्थानीय तहका लागि व्यावहारिक विकल्प बन्न सक्ने बताइएको छ ।
दुवै कम्पनीले भविष्यमा जलस्रोत संरक्षण, औद्योगिक फोहोर पानी व्यवस्थापन, कृषि, माटो सुधार तथा पशुपालन क्षेत्रमा संयुक्त रूपमा काम गर्ने योजना बनाएका छन् । सहकार्यअन्तर्गत बायोरिजनले आफ्ना जेन-४ बायो प्रोडक्ट नेपालमा उपलब्ध गराउनेछ भने दियालो टेक्नोलोजिजले बजार विस्तार, प्रविधि कार्यान्वयन, डिजिटल अनुगमन तथा परियोजना व्यवस्थापनको जिम्मेवारी लिनेछ ।
दियालो टेक्नोलोजिजकी प्रोजेक्ट म्यानेजर मेलिना खनालले भन्नुभयो, ‘हाम्रो लक्ष्य केवल प्रदूषण नियन्त्रणमा सीमित नभई जलस्रोत, माटो र प्राकृतिक वातावरणको पुनर्जीवनका लागि वैज्ञानिक, दिगो र वातावरणमैत्री समाधान उपलब्ध गराउनु हो । यस सहकार्यले नेपालमा वातावरण संरक्षणका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिएका छौं ।’ सन् २०१२ देखि सक्रिय दियालो टेक्नोलोजिजले नेपालमा स्मार्ट खानेपानी व्यवस्थापन, पानी वितरण स्वचालन, यातायात व्यवस्थापन, अनलाइन बस टिकटिङ तथा जिआइएस प्रविधिमार्फत् विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।







भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई