गण्डकी । गण्डकी प्रदेशमा गत असार महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक तथा सवारीधनीमाथि गरिएको कारबाहीबाट रु एक करोड ६५ लाख १३ हजार राजस्व संकलन भएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार प्रदेशका ११ वटै जिल्लामा सञ्चालन गरिएको सवारी चेकजाँचका क्रममा उक्त रकम जरिवानाबापत उठाइएको हो।
उहाँले असार महिनामा प्रदेशभर १९ वटा सवारी दुर्घटना भएको जानकारी दिनुभयो। ती दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए।
प्रहरीका अनुसार सोही अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट ५४ थान भरुवा बन्दुक बरामद गरिएको छ। अवैध हतियार नियन्त्रण अभियानअन्तर्गत ती बन्दुकहरू फेला पारिएको जनाइएको छ।
त्यस्तै, असार महिनाभर विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ११६ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले बताउनुभयो।
पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा बुझाइएको थियो। उनीहरूबाट २९ वर्ष ८ महिना १७ दिन कैद सजाय कार्यान्वयनका साथै रु दुई करोड ५९ लाख ८ हजार ६३८ जरिवाना तथा बिगो रकम असुल गरिएको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेश प्रहरीले ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तर प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर