काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आगलागी भएको कारभित्र मृत फेला परेका व्यक्ति सुरेशचन्द श्रेष्ठ हुन्। प्रहरीका अनुसार उनी उक्त कारका धनीसमेत रहेका थिए।
मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। आगो नियन्त्रणमा लिएपछि प्रहरीले कारभित्रबाट जलेको अवस्थामा उनको शव बरामद गरेको थियो।
मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
आगलागीको कारण र घटनाको वास्तविक अवस्थाबारे हालसम्म खुल्न नसकेको भन्दै प्रहरीले विभिन्न पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ। पोस्टमार्टम प्रतिवेदन र प्राविधिक परीक्षणपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर