काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचमा जारी खेलमा नेपालले नामिबियासामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भयो। नेपाली टोलीका कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। उनले ६० बलको सामना गर्दै उक्त योगदान दिएका हुन्।
त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ५० बलमा दुई चौकासहित ३० रन जोडे भने गुल्शन झाले २० रन बनाए। करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रनको योगदान दिए।
बलिङतर्फ नामिबियाका योहानस जोनाथन (जेजे) स्मिथ चम्किए। उनले घातक बलिङ गर्दै ६ विकेट हात पारेका हुन्।
विश्वकप लिग–२ को अंक तालिकामा नेपाल २४ अंकसहित पाँचौँ स्थानमा रहेको छ। नामिबिया २२ अंकसहित सातौँ स्थानमा छ भने अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा कायम छ।
शीर्ष चारभित्र रहने सम्भावना बलियो बनाउन नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ। अब जितका लागि नामिबियाले निर्धारित ओभरमा १५८ रन बनाउनुपर्नेछ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर