काठमाडाैं । साउन सुरु भएसँगै महिलाको सजावटमा हरियो चुरा, पोते र मेहेन्दी अनिवार्यजस्तै देखिन थालेको छ। एक समय तराई क्षेत्रमा सीमित रहेको मेहेन्दीको चलन अहिले देशभर फैलिएको छ। साउन लाग्नासाथ बजारदेखि सडक पेटीसम्म मेहेन्दी लगाउने र लगाइदिनेको चहलपहल बढ्ने गर्छ ।
हिन्दु परम्पराअनुसार साउनमा हरियो रङ शुभ मानिन्छ। हरियो चुरा, पोते, सारी र मेहेन्दी धारण गर्दा दाम्पत्य जीवन सुखमय हुने, परिवारमा समृद्धि आउने र श्रीमानको दीर्घायुको कामना पूरा हुने विश्वास छ । ज्योतिषशास्त्रमा हरियो रङलाई बुध ग्रहको प्रतीक मानिन्छ। बुध बलियो हुँदा बुद्धि, प्रगति, सन्तान सुख र सफलता प्राप्त हुने धार्मिक मान्यता छ ।
यस्तै, भगवान् शिवलाई हरियो रङ प्रिय मानिने भएकाले शिवको कृपा प्राप्त गर्न पनि महिलाले साउनभर हरियो पहिरनसँगै मेहेन्दी लगाउने परम्परा रहिआएको छ ।
धर्मशास्त्रमा वर्णन गरिएका महिलाका ‘सोह्र श्रृंगार’मध्ये मेहेन्दी पनि एक हो। त्यसैले यसलाई केवल सौन्दर्यको साधन मात्र नभई शुभता, प्रेम र सौभाग्यको प्रतीकका रूपमा पनि हेरिन्छ। विवाह, तीजलगायतका शुभ अवसरमा मेहेन्दी लगाउने चलन यही विश्वाससँग जोडिएको छ ।
कतिपय संस्कृतिमा मेहेन्दीको रङ गाढा भए प्रेम र सम्बन्ध अझ बलियो हुने जनविश्वास पनि पाइन्छ। साथै, असारमा खेतीपातीको मुख्य काम सकिएपछि फुर्सदको समयमा शरीरलाई आकर्षक बनाउन मेहेन्दी प्रयोग गर्ने चलन विस्तारै संस्कृतिको हिस्सा बनेको मानिन्छ ।
यसरी साउनमा मेहेन्दी केवल फेसनको विषय होइन, धार्मिक आस्था, सांस्कृतिक परम्परा र सौन्दर्यको सुन्दर संगमका रूपमा आजसम्म जीवित छ ।
-एजेन्सीकाे सहयाेगमा






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर