हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका-९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार शुक्रबार अपराह्न करिब ४ः३० बजे कैलाश गाउँपालिका-९ कुवापानी निवासी करिब ४५ वर्षीय ईश्वर थिङ घरबाट करिब ५०० मिटर उत्तरतर्फ कुवापानी-मतियार भित्री सडकखण्डमा नयाँ खोलिएको सडकबाट करिब ६० मिटर तल भिरमा खसेर रुखको जरामा अड्किएको अवस्थामा मृत फेला परेका हुन् ।
घटनास्थलमा पुग्दा थिङको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण दासको कमाण्डमा प्रहरी टोली खटिएको जनाएको छ ।






हनुमानढोकामा जापानी रथयात्राका ३० तस्बिर,
तीजमा पशुपतिनाथमा दिउँसाे बढ्यो भक्तजनको
रास्वपा सचेतक धितालको अभिव्यक्तिप्रति शहीद
रसुवा बाढी प्रभावित क्षेत्रमा सडक
देउवा समूहद्वारा असोज ३ देखि
सहमतिको प्रयास भएन, मिडियाबाजी मात्रै