काठमाडौं । कल्पतरु प्रज्ञा प्रतिष्ठानमार्फत प्रकाशन हुँदै आएको कल्पतरु द्वैमासिकको २५औं वर्ष प्रवेशको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको पुरस्कार एवं सम्मान-२०८२/०८३ घोषणा गरिएको छ । जसअनुसार कल्पतरु पत्रिकामा वर्षभरि प्रकाशित भएका सिर्जनाहरूको समीक्षा गराई समीक्षकको सिफारिशमध्येबाट प्रदान गरिने कल्पतरु वर्ष सर्वोत्कृष्ट पुरस्कार कल्पतरुको अंक ११८ मा प्रकाशित ‘प्रतिमा’ कथाका लागि वरिष्ठ साहित्यकार बाजुराम पौडेललाई दश हजार रुपैयाँसहित सम्मान गरिने भएको छ ।
कल्पतरु बालसाहित्य प्रोत्साहन पुरस्कार-२०८२ युगलनारायण पन्तलाई कल्पतरु अंक ११८ मा प्रकाशित कविताका लागि १००० रुपैयाँसहित सम्मान गरिनेभएको छ । परदेशमा रही नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्याएबापत साहित्यकारलाई गरिने सम्मान खेमराज पोखरेल (हालः टेक्सास, अमेरिका) र कल्पतरु नारी साहित्यकार सम्मान-२०८२/०८३ सीता पाण्डेयलाई अर्पण गरिने भएको छ । पुरस्कार तथा सम्मानको कार्यक्रम छिट्टै सार्वजनिकगरिने कल्पतरु द्वैमासिकका प्रधानसम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ले जानकारी दिनुभयो ।







रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित
म्यानचेस्टर डर्बीमा सिटीको विवादास्पद जित