काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का एसिया-प्यासिफिक क्षेत्रीय महिला संयोजक संगीता अधिकारी सुवेदीमाथि जापानमा आयोजित नेपाल फेस्टिबल कार्यक्रमका क्रममा सार्वजनिकस्थलमा भएको अभद्र व्यवहारप्रति एनआरएनएले दुःख व्यक्त गरेको छ । महिलाको सम्मान, सुरक्षा र मर्यादा प्रत्येक सभ्य समाजका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै कुनै पनि महिलामाथि हुने अभद्र व्यवहार, हिंसा, दुर्व्यवहार, अपमान तथा कुनै पनि प्रकारका अमर्यादित गतिविधिप्रति एनआरएनएको शून्य सहनशीलताको नीति रहेको जनाएको छ ।
त्यसैले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा न्याय सुनिश्चित गर्न निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषी प्रमाणित भए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न एनआरएनएले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा हामीले गर्ने व्यवहार, आचरण र अभिव्यक्तिले हाम्रो व्यक्तिगत पहिचानमात्र होइन, नेपालको छवि, प्रतिष्ठा र नेपाली समुदायको सम्मानसमेत प्रतिनिधित्व गर्छ । त्यसैले सबैले सभ्य, मर्यादित र जिम्मेवार व्यवहार प्रदर्शन गर्दै आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्नु आजको आवश्यकता हो । एनआरएनए सम्पूर्ण नेपाली समुदायलाई आपसी सम्मान, संयमित तथा जिम्मेवार अभिव्यक्तिको संस्कृतिलाई आत्मसात् गर्दै सबैको सम्मान, सुरक्षा र मर्यादाप्रति प्रतिबद्ध रहन हार्दिक आह्वान गर्दछ ।’







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर